काठमाडौं, भदौ १४ । सरकारले भदौ मसान्तसम्म लामो दूरीका सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।
Day: August 30, 2020
शेर्माको घर बनाउन १ लाख सहयोग
झापा, भदौ १४ । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेको मेची अभियानलाई थप एक लाख सहयोग प्राप्त भएको छ । हङ्कङ नेप्लिज मोबाइल फोटोग्राफीद्वारा शिवसताक्षी नगरपालिकामा बाढी पिडित बनेकी एकल महिला तारा शेर्माको घर निर्माणका लागि सो रकम मेची अभियानलाई प्रदान गरेको हो । आइतबार एक कार्यक्रमकाबीच हङ्कङ नेप्लिजको तर्फबाट संचारकर्मी भूमिका सुब्बा फियाकले अभियानका संयोजक Read More…
आइतबार थपिए १ हजार २२१ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु
काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो पछिल्लो २४ घण्टामा थप हुने नेपालमा अहिले सम्मकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए । त्यस्तै Read More…
लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि
काठमाडौं, भदौ १४ । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । आर्सनलले यससंगै १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । Read More…




