काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो पछिल्लो २४ घण्टामा थप हुने नेपालमा अहिले सम्मकै उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार ८ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय २१ पुगेको छ ।

