स्वास्थ्य

देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७३ डिस्चार्ज

काठमाडौं, भदौ २८ । नेपालमा थप १ हजार ३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै Read More…

स्वास्थ्य

घट्यो पिसिआरको शुल्क, अब २ हजारमै परीक्षण

काठमाडौं, भदौ २८ । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । यसअघि पिसिआर परीक्षणको शुल्क ४४ सय रुपैयाँ लिइँदै आइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई हजार रुपैयाँमा पिसिआर परीक्षण गर्न सकिने बताए । प्रवक्ता गौतमले रिएजेन्टसहितका सामानको मूल्य घटेका कारण पिसिआर परीक्षणको शुल्क घटाइएको जानकारी दिए । ‘कोभिड–१९ को Read More…

समाचार

सिन्धुपाल्चोक पहिरो : ९ जनाको शव फेला, अझै २२ जना बेपत्ता

सिन्धुपाल्चोक, भदौ २८ । बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म नाै जनाको शव फेला परेको छ । राति तीन बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् । अझै २२ जना बेपत्ता छन् । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार Read More…

विविध

कृषि विकास बैंक र ससुरालीको २५ लाख ऋणको बोझमाथि थपिएको बेरोजगारीले निम्त्यायो विभत्स हत्यापछिको आत्महत्या !

काठमाडौं, भदौ २८ । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा सामूहिक हत्याकाण्ड परिवारका सदस्यले गराएको खुलेको छ । श्रीमती छोरासहित बस्दै आएका श्रीमानले नै हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको हो । गत शुक्रबार आफ्नै निवासमा कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा Read More…

खेलकुद

सलाहको ह्याट्रिकमा लिभरपुलको विजयी सुरूवात

काठमाडौं, भदौ २८ । मोहमद सलाहको ह्याट्रिकमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरूवात गरेको छ । साविक विजेता लिभरपुलले शनिबार राति भएको यस सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । एनफिल्डमा लिभरपुललाई जीत दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल Read More…

शिक्षा

१२ का विद्यार्थीले निजकैको विद्यालयबाट परीक्षण दिन पाउने

काठमाडौं, भदौ २८ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफू Read More…