स्वास्थ्य

मेचीनगरमा एक स्थानीय महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, भदौ ३० । मेचीनगरमा मंगलबार एक स्थानीय महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा १ जना महिला र ४ जना पुरुष रहेका छन्।

महिला मेचीनगर नगरपालिका ६ की स्थानीयबासी रहेकी छिन् भने ४ जना पुरुष भारतबाट आएर होटल क्वारेन्टिनमा बसेका हुन्। संक्रमित पुरुषहरू बाहिर जिल्लाका रहेका स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।

झापामा जम्मा संक्रमितको संख्या ७४३ पुगेको छ। सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ६१२ रहेको चौंलागाईंले बताए।

सोमबारसम्मको आइसोलेसनमा रहेकाहरूको संख्या १२७ रहेको उनले जानकारी दिए। झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ रहेको छ।