काठमाडौं, असोज १६ । मुम्बई ईण्डियन्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दोस्रो जित हात पारेको छ । किंग्स एलाभेन पञ्जावलाई ४८ रनले हराउदै डिफेण्डिङ च्याम्पियन मुम्बई तालिकाको शीर्ष स्थानमा पुगेको हो । ४ खेलबाट उसको ४ अंक भएको छ ।
मुम्बईले प्रस्तुत गरेको १ सय ९२ रनको चुनौती पछ्याएको पञ्जावले ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । निकोलस पुरनले ४४,मयांक अग्रवालले २५ र कृष्णप्पा गौतमले अबिजित २२ रन बनाएपनि पञ्जावलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । कप्तान लोकेश राहुलले १७ रन जोडे । मुम्बईका जसप्रित बुमराह, राहुल चहार र जेम्स पिटरसनले समान २ विकेट लिए । हार्दिक पाण्डेया र ट्रेन्ट बोउल्टले समान एक विकेट लिए ।
यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेट गुमाएर १ सय ९१ रनको उच्च योगफल तयार पारेको थियो । रोहित शर्माले सर्बाधिक ७० रन बनाएको ईनिङसमा कायरन पोलार्डले ४७ र हार्दिक पाण्डेयाले ३० रनको योगदान गरे । ईशान किशानले २८ रन बनाए । पञ्जावका सेल्ड्रोन कोटरेल, महम्मद सामी र कृष्णप्पा गौतमले समान एक विकेट लिए ।
आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरावादबिच प्रतिस्पर्धा हुनेछ ।

