स्वास्थ्य

मेचीनगरका वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, असोज २४ । मेचीनगरमा आज फेरि एकजना वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शनिबार मेचीनगर–४ का वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित वडाध्यक्ष मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत हुन् । उनीसहित सोहि वडाका ३० र १८ वर्षका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्छि भएको छ । त्यस्तै मेचीनगर–१५ का ३७ वर्षीय १ जना पुरुष, मेचीनगर–७ का ४२ वर्षीय १ जना पुरुष र मेचीनगर–२ का ४० वर्षीय १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ ।

उनीहरु सबैको असोज २१ गते स्वाबको नमुना संकलन गरिएको थियो । योसँगै मेचीनगरमा संक्रमितको संख्या १६९ पुगेको छ ।