काठमाडौं, असोज २७ । सरकारले सार्वजनिक सवारी साधनमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।
अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय गरेको छ । भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

