झापा, असोज ३० । झापाको भद्रपुर–७ स्थित अन्जानी मोड युथ क्लबले बलत्कार बिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको छ । क्लबले शुक्रबार साझ अन्जानी मोडबाट निकालेको र्याली चोक परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागी सबैले बलत्कारीलाई कडा भन्दा कडा कार्वाही गर अन्यायमा परेका चेलीलाई न्याय देउ लगायतका नारा लगाएका थिए । त्यसैगरी क्लबले देशका विभिन्न स्थानमा बलत्कारबाट मृत्यु भएका नेपाली चेलीहरुको आत्माको शान्तिको कामना गर्दै द्धिप प्रज्वलन समेत गरेको थियो ।
र्यालीमा क्लबका समिक्षा गौतम, बन्दना पोखरेल, सुरज श्रेष्ठलगायले बोलेका थिए । कार्यक्रम संचालन क्लबका मनोहर गौतमले गरेका थिए ।


