झापा, असोज ३० । झापामा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै झापामा कुल कोरोना संक्रमितको संख्या १२५० पुग्यो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार आज संक्रमित हुनेहरुमा बिर्तामोडका ६ पुरुष र ३ महिला, दमकका ३ पुरुष र १ महिला, भद्रपुरका ५ पुरुष र २ महिला, कमलका १ पुरुष, कनकाईका १ पुरुष, अर्जुनधाराका १ पुरुष र २ महिला, बुद्धशान्तिका २ पुरुष, गौरादहका २ पुरुष, शिवसताक्षी १ पुरुष रहेका छन् ।
झापामा ९१६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ३२१ रहेकोे छ । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

