


मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर स्थित ईटाभट्टा बजारदेखि दुई सय मिटर उत्तर भृकुटी रोडमा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालनमा आएको छ ।
समाजसेवी नारायण कोईराला, शंकरप्रसाद अधिकारी र खगेन्द्र तिम्सिनाले संयुक्त रुपमा सोमबार एक कार्यक्रमका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । सुर–ताल म्यूजिक एकेडेमी उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका कोईरालाले स्थानीय स्तरमै एकेडेमी खुलेकोमा खुसी व्यक्त गरे ।
उनले मेचीनगर लगायत आसपासका क्षेत्रमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा लुकेर रहेको कला प्रस्फुटमा सहयोग मिल्ने भन्दै एकेडेमी खुलेकोमा खुसी ब्यक्त गरे ।




गाउँघरमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले सुर–ताल म्यूजिक एकेडेमी सञ्चालनमा ल्याइएको सञ्चालक सुरेश भट्टराईले जानकारी दिए । संगीत सिक्न अन्यत्र धाएर जानुपर्ने समस्या समधान गर्नुका साथै गीत संगीतप्रती रुची भएकाहरुलाई आफ्नो प्रतिभा निखार्न एकेडेमी सञ्चालनमा ल्याईएको अर्का सञ्चालक पवन अधिकारीले बताए ।
एकेडेमीले गायन तर्फ शास्त्रिय र आधुनिक विधा त्यसैगरी बाजा तर्फ हार्मुनीयम, पियानो (कि–वोर्डं) तबला, ढोलक, मादल, क्याजन, ड्रम र गिटार सिकाउने सञ्चालक राज खनालले बताए ।
एकेडेमीमा गीत संगीत सिकाउनका साथै सम्पूर्ण वाद्यवादनका सामाग्रीहरु बिक्रि बितरण रु मर्मत गरिन्छ । साथै बिवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठान जस्ता कार्यहरुको लागि साउण्ड सिस्टमको ब्यवस्था गर्नुका साथै एकल साझ, गजल लगायतका कार्यक्रमहरुका लागि कलाकारको समेत ब्यवस्था रहेको सञ्चालकले जनाएका छन् ।






