


काठमाडौं, कात्तिक १९ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको प्लेअफ समिकरण पुरा भएको छ । समुहचरणको अन्तिम खेलमा मुम्बई ईण्डियन्सलाई १० विकेटले हराउदै सनराईजर्सले प्लेअफमा स्थान बनाएको हो ।
हैदरावादको जितसंगै कोलकत्ता नाईट राईडर्सको यात्रा पनि समुह चरणमै सिमित भएको छ । आईपीएलको पहिलो क्वालिफायरमा मुम्बई ईण्डियन्स र दिल्ली क्यापिटल्स भिड्नेछन् । विजेता टोली फाईनल प्रबेश गर्नेछ । पराजित टोलीले हैदरावाद र रोयल च्यालेन्जर्स बैङलोर बिचको विजेतासंग दोस्रो क्वालिफायर खेल खेल्नेछ ।
मुम्बईले प्रस्तुत गरेको १ सय ५० रनको चुनौती हैदरावादले १७ बल अगावै बिना क्षती पुरा गर्यो । उसको जितमा अबिजित रहदै कप्तान डेभिड वार्नरले ८५ र ऋद्धिमन शाहले ५८ रनको योगदान गरे ।





यसअघि सारजाह क्रिकेट मैदानमा टस जितेको हैदरावादले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रनको सम्मानजनक योगफल तयार पारेको थियो । कायरन पोलार्डले सर्बाधिक ४१ रन बनाएको मुम्बईको ईनिङसमा सुर्यकुमार यादवले ३६, ईशान किशानले ३३ र क्वीन्टन डि ककले २५ रन बनाए ।
हैदरावादका सन्दिप शर्माले ३, जेसन होल्डर र साहबाज नादिमले समान २ तथा रासिद खानले एक विकेट लिए ।






