संघ \संस्था

चुलाचुली गापा वडा नम्बर १ र ३ वडा कार्यालयको नयाँ भवन बन्ने

ईलाम, कात्तिक ३० । चुलाचुली गाँउपालिका वार्ड नम्बर १ र ३ वडा कार्यालय अब आफ्नै नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि चुलाचुली गाँउपालिका प्रमुख प्रदिप चन्द्र राईले भिन्ना भिन्नै कार्यक्रमका बिच शुक्रबार दुवै वडाको नयाँ भवनको शिलन्यास गरेका छन् ।

शिलन्यास कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्याक्ष निर्मला दहाल, चुलाचुली गाँउपालिका वडा नम्बर १ का अध्यक्ष पुर्ण लावती, वडा नम्बर २ का वडा अध्यक्ष रनबहादुर लिम्बु, वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र लावती, नेपाली कांग्रेस चुलाचुली गाउँपालिका समिति सभापती गणेश प्रसाद फागो, चुलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, गापा शाखा अधिकृत तेजेन्द्र अधिकारी, गापा १ नम्बर सचिव कल्पना ढकाल, गापा ३ नम्बर सचिव देवराज भुर्तेल, सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतम, समाजसेवी त्रिलोचन गौतम, राजेन्द्र केरुङ्ग, सञ्जय राई, गजेन्द्र याक्खा, सामुदायिक विद्यालयका प्रअ, विभिन्न टोल विकास संस्थाका पदाधिकारी, पत्रकारलगायतको उपस्थिती रहेको थियो ।

दुवै वार्ड कार्यालय भवन निर्माणका लागि ७५ / ७५ लाख रुपैयामा ठेक्का लागेको चुलाचुली गाउपालिका ३ का वडा अध्यक्ष नरेन्द्र लावतीले बताए । ६ कोठाको एक तले भवन आगामी असार मसान्तमा निर्माण सम्पन्न गरी जिम्मा लगाउने निर्माण कम्पनी श्री पाथीभरा निर्माणसेवा मेचीनगर झापाका पोपाईटर गोपाल बस्नेतले बताए ।

वडा नम्बर १ को कार्यालयका लागि ५ कठ्ठा जग्गा निःशुल्क समाजसेवी साजन जवेगुकी आमा मनरती खजुम जवेगुले प्रदान गरेकी थिईन् ।
त्यसैगरी वडा नम्बर ३ को कार्यालयका लागि समाजसेवी कालिप्रसाद र लक्ष्मीमाया गिरी तथा मंगलबहादुर र बुद्धिमाया इदिङ्गोले ३ / ३ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सुविधा सम्पन्न नवनिर्मीत भवनमा कार्यालय सञ्चालन हुनथालेपछी अझ वडाबासीको काम सहज रुपमा गर्न सकिने चुलाचुली गाँउपालिका १ का वडा अध्यक्ष पुर्णलाल लावतीले बताए ।

Leave a Reply

Your email address will not be published.