भद्रपुर, मंसीर १३ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित अन्जनी मोड युथ क्लबले जाडोमा न्यानो कपडा वितरण गरेको छ । क्लबले भद्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बुधकरण टि-स्टेट का अति विपन्न चिया मजदुर र उनका परिवार गरि ४० जनालाई जाडोमा न्यानो कपडा वितरण गरेको हो ।
सामाजिक कार्यसंगै मानवसेवामा पनि सक्रिय रहेको क्लबले अहिलेको जाडो मौसममा विपन्न परिवारलाई चिसोले धेरे समस्या हुने भन्दै न्यानो कपडा वितरण गरेको क्लबका मनोहर गौतमले बताए । उनका अनुसार क्लबले बुधकरण टि-स्टेट का मजदुर तथा बालबालिकाहरूलाई न्यायो कपडा र मार्क्स वितरण गर्नुका साथै कोरोना भाइरस कोभिड १९ सम्बन्धि सचेतना कार्यक्रम पनि गरेको बताए ।

