खेलकुद

फिफा बर्ष खेलाडीको मनोनयनमा मेस्सी,रोनाल्डो र लेवान्डोस्की

काठमाडौँ, मंसिर २७ । विश्व फुटबलको सर्बोच्च संस्था फिफाले वेष्ट फिफा फुटबल अवार्डको अन्तिम मनोनयन सार्बजनिक गरेको छ ।

फिफाले गएराती सार्बजनिक गरेको मनोनयन अन्तर्गत पुरुष बर्ष खेलाडीमा बार्सिलोनाका अर्जेन्टिनी स्टाईकर लियोनल मेस्सी, युभेन्टसका पोर्चुगीस स्टार क्रिष्टियानो रोनाल्डो र बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्की परेका छन् ।

बायर्नलाई बुण्डेश लिगा र च्याम्पियन्स लिगका उपाधि दिलाउन लेबान्डोस्कीले मुख्य भुमिका निभाएका थिए । रोनाल्डोले आफ्नो टोली युभेन्टसलाई सिजनको सिरि ए फुटबलको उपाधि जिताएका थिए । बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन नसकेपनि मेस्सीको ब्यक्तिगत प्रर्दशनले बर्षभर प्रभाव कायम राखेको थियो ।

महिलातर्फको मनोनयनमा म्यान सिटीकी ईङलिश स्टार लुकी ब्रोन्ज, बुल्फवर्गकी डेनमार्क स्टार पर्निल हार्डर तथा ओलम्पिक लियोनाईसकी फ्रेन्च स्टार विन्डी रेनार्ड परेका छन् ।

फिफाले बर्षका उत्कृष्ट महिला र पुरुष गोलरक्ष्ँक, कोच र पुस्कास अवार्डको मनोनयन पनि सार्बजनिक गरेको छ । फिफाले डिसेम्बर १७ मा उत्कृष्ट खेलाडी घोषणा गर्नेछ ।