काठमाडौँ, पुष ४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी–१० लिग टोली अबुधावीसँग जोडिएका छन्। शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो ।
अघिल्लो वर्ष टीम अबुधावीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ। यो सँगै खड्का टिम अबुधावीको कोचिङ टिममा रहनेछन् । जसले उदीयमान खेलाडी छनोट लगायतका काम गर्नेछ।

