राजनीति

मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैनः गोपालचन्द्र बुढाथोकी

झापा, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको गृह जिल्ला झापाका गोपालचन्द्र बुढाथोकी सहित १८ जना भन्दा बढीलाई आफ्नो पक्षको केन्द्रीय सदस्य मनोनित गरेका थिए । त्यसको केही समयमा नै गोपालचन्द्र बुढाथोकीले स्टाटस लेख्दै आफु केन्द्रिय सदस्यमा नरहने बताउदै विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर नरहेको बताए ।

कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् जनतालाई धरधरी रुवाएर जनताले परिवार भन्दा बडी मायागरेको पाटी फेरि विभाजित गरे । हामी यो बेला दुखःब्यत्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौ र रमिता बाहेक कमरेडहरु ? यो बेला नेकपाको दुईवटा के।न्द्रिय कमिटि बनाएर एउटा कमिटीमा केन्द्रिय सदस्य मनोनित गरेको थाहा पाए । तर मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन । धन्यवाद ।