झापा, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको गृह जिल्ला झापाका १८ जना भन्दा बढीलाई आफ्नो पक्षको केन्द्रीय सदस्य बनाएका छन्।
झापाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा गोपालचन्द्र बुढाथोकी, हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा र विश्व बराल लगायत छन् ।

