झापा, पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताएका छन् । कानुनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ । नेकपा झापाले बिर्तामोडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दुई सर्त पुरा भए अझै एकताको संभावना रहेको बताए छन् । भेलामा Read More…
Day: January 13, 2021
मेचीनगरमा ब्राउन सुगरसहित दम्पत्ति पक्राउ
मेचीनगर, पुस २९ । लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा दम्पत्ति पक्राउ परेका छन् । उनिहरु मेचीनगर –१३ चारआलीबाट आज पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका छन् । उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसी राकेश थापाले बताए । पक्राउ परेका दुवै जनालाई Read More…
जनप्रिय साकोस १२ औं वर्षमा
मेचीनगर, पुस २९ । मेचीनगर–१० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाको कार्यालयमा आयोजित सभाको उद्घाटन उक्त सहकारीका संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराईले गरेका थिए । सभाको खुल्ला सत्रमा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, १० का अध्यक्ष Read More…
तेस्रो मेचीनगर स्तरीय स्नुकर टुर्नामेन्ट शुक्रबारदेखि
मेचीनगर, पुस २९ । मेचीनगर–६ स्थित काँकरभिट्टामा तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता सम्बन्धि जानकारी दिएको हो । पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालाजीत राईले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट पहिलो र Read More…
चौथो राष्ट्रिय भाक्का दिवस आज झापाको विर्तामोडमा मनाईदैं
झापा, पुस २९ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइँदैे छ । बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित चौथो राष्ट्रिय भाक्का दिवस मनाएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ Read More…
संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको ठाउँमा सपनाको इन्ट्री
काठमाडौं, पुस २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसद विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् । आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बुधवार आज कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् Read More…
नेकपा झापा जिल्लाको बृहत् कार्यकर्ता भेला आज, उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सम्बोधन गर्ने
झापा, पुस २९ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा झापाको विर्तामोड स्थित अग्रसेन भवनमा बृहत् कार्यकर्ता भेला हुने भएको छ । नेकपा जिल्ला कमिटी झापाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई नेकपाका केन्द्रिय सचिवालय सदस्य एबम् सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सम्बोधन गर्ने छन् । आजको भेलामा नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध Read More…
मलेसियामा संकटकाल घोषणा
काठमाडौं, पुस २९ । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ। संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री Read More…
म्यानचेस्टर शीर्षस्थानमा उक्लियो
काठमाडौं, पुस २९ । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलेलाई १–० ले हराउदै युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । बर्नलेको मैदानमा टर्फ मुरमा युनाइटेडको जितमा पल पोग्वाले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो मिनेटमा नै एस्ले बार्नेसको पासमा ब्राडीको प्रहर आकासिदा Read More…
मन्देकाजी र गौरिका वर्ष उत्कृष्ट खेलाडी घोषित
काठमाडौं, पुस २९ । पुरुष तर्फ कँरातेका मन्देकाजी श्रेष्ठ र महिला तर्फ पौडीकी गौरिका सिंह, २०७६ सालको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा हिजो आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा १३ औं सागका स्वर्णधारी श्रेष्ठ र सिंहलाई वर्षको उत्कृष्ठ खेलाडी घोषित गरिएको हो । Read More…










