राजनीति

नेकपा झापा जिल्लाको बृहत् कार्यकर्ता भेला आज, उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सम्बोधन गर्ने

झापा, पुस २९ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा झापाको विर्तामोड स्थित अग्रसेन भवनमा बृहत् कार्यकर्ता भेला हुने भएको छ । नेकपा जिल्ला कमिटी झापाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई नेकपाका केन्द्रिय सचिवालय सदस्य एबम् सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सम्बोधन गर्ने छन् ।

आजको भेलामा नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नेकपा प्रचण्ड नेपाल समूहले फैलाएको भ्रम चिर्ने अभियान हुने नेकपा झापा जिल्ला कमिटिका अध्यक्ष चिन्तन पाठकले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।

यसैगरि कार्यक्रममा नेता पोख्रेलसहित नेकपाका केन्द्रिय नेता मणि थापा, नेकपा प्रदेश नं. १ अध्यक्ष देवराज घिमिरेलगायतका नेताहरुले सम्बोधन गर्ने बताईएको छ ।