विविध

मेचीनगरमा ब्राउन सुगरसहित दम्पत्ति पक्राउ

मेचीनगर, पुस २९ । लागूऔषध ब्राउन सुगरसहित झापाको मेचीनगरमा दम्पत्ति पक्राउ परेका छन् । उनिहरु मेचीनगर –१३ चारआलीबाट आज पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मेचीनगर–१ बाहुनडाँगीका सुजन राजपूत र उनकी श्रीमती पूजा मगर रहेका छन् । उनीहरुका साथमा १० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसी राकेश थापाले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।