राजनीति

दार्जिलिङमा भाजपाको उम्मेद्वार नेपाली भाषी राजु विष्ट

काठमाण्डौ, चैत्र १२ । अप्रिलबाट हुन लागिरहेको आमनिर्वानका लागि भारतका विभिन्न पार्टीहरुले आफनो उम्मेद्वारहरु चयन गरिरहेका छन् । यसबीचमा हाल सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले दार्जिलिङमा नेपाली भाषीलाई आफनो उम्मेद्वार बनाएको छ । दार्जिलिङवासीले आफनो क्षेत्रमा नेपालीभाषी नै उम्मेद्वार हुनु पर्ने माग गरेपछि पार्टीले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेद्वार घोषणा गरेको हो । ३३ वर्षीय राजु विष्ट णिपुरको काङपोख जिल्लामा जन्मिएका हुन् । विष्टको पश्चिम दिल्लीको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा पनि घर रहेको छ ।

भाजपाले उम्मेद्वार बनाएपछि उनी दार्जिलिङ पुर उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । उम्मेद्वार बनेकै कारण उनको दार्जिलिङमा भव्य स्वागत पनि गरिएको छ । विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । उनी समाजसेवामा पनि सक्रिय थिए । उनी सूर्या फाउन्डेशनबाट गरीब तथा जहेन्दार विद्यार्थीको हक हित र शिक्षाका लागि काम गर्दे आएका छन् । बिगत केही बर्षदेखि दार्जिलिङमा पार्टीले अन्य क्षेत्रबाट उम्मेद्वारहरु पठाउने गथ्र्यो ।

यसअघि जसवन्त सिंह र एसएस अहलुवालिया सो क्षेत्रबाट चुनाव जितेका थिए तर यस पटक नेपाली भाषीलाई नै उम्मेद्वार बनाएपछि दार्जिलिङवासी निकै खुसी भएका छन् । त्यसोत यसपटक भारजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो । तर स्थानीय जनताहरुले बिरोध गरेपछि पार्टीले विष्टलाई चयन गरेको हो । भाजपालाई दुई प्रमुख राजनीतिक दल बिमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गठबन्धनले समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published.