खेलकुद

चेन्नईको लगातार दोस्रो जित, दिल्ली पराजित

काठमाण्डौ, चैत्र १३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विरुद्ध चेन्नई सुपर किङ्स ६ विकेटले विजयी भएको छ ।

दिल्लीको फिरोज साह कोट्ला मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । जवाफमा चेन्नईले निर्धारित ओभरमा दुई बल बाँकी हुँदा ४ विकेट गुमाएर १ सय ५० रन बनायो र जित आफ्नो पक्षमा पा¥यो । दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्ध शतकीय पारी खेले पनि हारलाई टार्न सकेनन् । चेन्नईको जितमा ड्याने ब्राभोको ३ विकेट र सेन वाट्सनको ४४ रनको योगदान महत्त्वपूर्ण रह्यो ।

चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उतारेनन् । सन्दीप पहिलो खेलमा समेत दिल्लीको टोलीमा अटाएका थिएनन् ।

हिजोको जितसँगै दुई खेल खेलेको चेन्नईले प्रतियोगितामा ४ अङ्क सहित शीर्ष स्थान हासिल गरेको छ भने समान दुई खेल खेलेको दिल्ली एक खेलमा जित र एकमा हार सहित २ अङ्क सहित दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा आज पनि एउटा मात्र खेल हुँदै छ। आजको खेलमा कोलकत्ता नाइट राइडर्स र किङ्क ११ पञ्जाव बीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समयअनुसार राति सवा आठ बजे इडेन गार्डेन रङ्गशाला कोलकत्तामा हुने छ ।

Leave a Reply

Your email address will not be published.