काठमार्डौ, माघ ७ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज पनि २ वटा खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । पुलिस गत संस्करणको विजेता रहेपनि यो प्रतियोगितामा भने सुखद् शुरुवात गर्न सकेन । पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको पुलिस आज पहिलो जितको खोजिमा हुने छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश पनि आफ्नो पहिलो खेलमा बागमतीसँग पराजित भएकाले आज पुलिसविरुद्ध जित निकाल्दै २ अंक लिने प्रयासमा हुने छ । यस्तै, मूलपानी मैदानमा त्रिभुवन आर्मी र प्रदेश नम्बर एकबीच प्रतिस्पर्धा हुने छ ।
आर्मी लगातार तेस्रो जितको खोजिमा रहेको छ भने लगातार २ खेलमा पराजित भएको प्रदेश एक पहिलो जितको खोजिमा हुने छ । आजको खेलमा आर्मी विजयी भए सेमिफाइनलमा स्थान पक्का जस्तै हुने छ । आजको खेल पनि विहान ९ बजेदेखि नै शुरुहुने छन् ।

