अन्य

गीतानगर जेसीजद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


बाहुण्डाँगी माघ, १५ । गीतानगर जेसीजले आज भरतपुर ६ इन्द्रपुरीमा रहेको श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ।

गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी राजु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो कार्यक्रममा सोही बिधालयमा अध्ययनरत २००जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा बिधालयलाई खेलकुद सामाग्री वितरण गरिएको हो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी जेसी राजु पौडेलले गीतानगर जेसीजले गरेको यो कार्य अत्यन्तै सरहानीय भएको र आगामी दिनमा यस्ता हरेक कार्यमा पुर्व अध्यक्षको तर्फबाट हुन पर्ने सहयोग गर्न आफू तप्पर रहेको समेत बताउनुभयो। कार्यक्रम बोल्दै गीतानगर जेसीजका अध्यक्ष जेसी अर्जुन पौडेलले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै महत्त्वपूर्ण कार्यक्रम गर्न सफल भएको भन्दै कुनै पनि ठाउँका बालबालिकाहरु बिधालयमा गएर पनि घरको आर्थिक अवस्थाले गर्दा कापी कलम किन्न अभाव भएमा सो बिद्यार्थीहरुलाई गीतानगर जेसीजको तर्फबाट हरपल सहयोग गर्न समेत तयार भएको बताउनुभयो।

आज सम्पन्न सो कार्यक्रममा कार्यक्रम संयोजक गीतानगर जेसीज बर्ष २०२१का उपाध्यक्ष जेसी नवीन आचार्यले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमलाइ गीतानगर जेसीज बर्ष २०२१का महासचिव प्रवीण पोख्रेलले संन्चालन गर्नुभएको थियोे।