विविध

जबरजस्ती करणी आरोपमा मेचीनगरका २९ वर्षीय युवा पक्राउ

मेचीनगर, माघ १५ । झापाको मेचीनगरमा जबरजस्ती करणी आरोपमा एक युवा पक्राउ परेका छन् । मेचीनगर–१ स्थित तिरिङकी २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोहि ठाउँका युवा पक्राउ परेका हुन् ।

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिरिङका २९ वर्षीय सुमन घिमिरेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेले ती महिलालाई गत आइतवार दिउँसो जबरजस्ती करणी गरेको सूचना भएपछि प्रहरी चौकी तिरीङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितका विषयमा थप अनुसन्धान भईरहेको उनको भनाइ छ ।