
झापा । झापाको विर्तामोडमा आजदेखि मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौं संस्करण हुँदैछ । उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।
दिउँसो २ः३० बजे डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजक झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।.
गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

