राजनीति शिक्षा

अनेरास्ववियूको अध्यक्षमा उप्रेती

मेचीनगर, माघ १५ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा मिलन उप्रेतीको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । उप्रेतिको नेतृत्वमा विद्यालयमा ५१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ ।

कमिटिको उपाध्यक्षमा रिता मण्डल, सचिवमा सन्देश प्रसाइ र सचिन तिम्सिना, सह सचिवमा रिचा अधिकारी तथा कोषाध्यक्षमा रस्मिता तामाङ्ग चयन भएका छन् ।

काकँरभिट्टा मावि परिसरमा बिहिबार आयोजना भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटि सदस्यद्वय हरि भट्टराई र सन्तोष धमला, काकँरभिट्टा क्याम्पस सम्योजक बिनम सरदार, सह सम्योजक प्रतिक्षा न्यौपाने, विश्वास दाहाललगायतको उपस्थितिमा सो कमिटि गठन भएको थियो ।