बाहुण्डाँगी माघ १५ । चन्द्रनिगापुर सिटी जेसीजको अध्यक्षमा लोकेन्द्र खड्का निर्वाचित भएका छन् । विहिवार सम्पन्न शाखाको ८ औँ वार्षिक साधारण सभाबाट खड्का अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो । शाखाको कायृकारीणी उपाध्यक्षमा जानुका सापकोटा र राजन श्रेष्ठ, उपाध्यक्षहरुमा कौषल चौहान, संगम घिमिरे, वसन्त घिमिरे र अनिल दाहाल निर्वाचित भएका निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष निर्मल भण्डारीले बताए । अन्य पदहरुमा भने पदहस्तान्तरण समारोहमा गरिने उनले बताए ।
कार्यक्रम शाखाका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

