संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण


बाहुण्डाँगी माघ १५ । स्वविवेक आधारभूत विद्यालय भरतपुर ११ लाई नारायणगढ लेडी जेसिजले स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीहरुलाई तिस हजार मुल्य बराबरको शैक्षिक एवं खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमकी अध्यक्ष एवं नारायणगढ लेडी जेसिज वर्ष २०२१ की अध्यक्ष सम्झना श्रेष्ठ प्रधानले प्रधानले आफ्नो सहयोगले कसैको मुहारमा हासो र केहि न केही सहयोग पुगोस भन्ने उदेश्यले साना साना नानी बाबुको खुसीमा थप खुसी थप्न सानै भएपनि सहयोग गरिएको बताउनु भयो ।कार्यक्रममा प्रमुख अतिथि एवं विद्यालयका प्रधानध्यापक प्रेम बरालले स्कुललाई आवश्यक सहयोग प्राप्त हुदाँ खुसी लागेको बताउनु भयो ।

निम्न वर्गका विद्यार्थीहरु जो कपी कलमको अभावमा नियमित विद्यालय आउन पाएका थिएनन् उनीहरुलाई यस सहयोले निकै लाभ मिलेको उहाँको भनाई थियो । कार्यक्रमका अतिथि रोटरी क्लब अफ नारायणगढका निर्वतमान अध्यक्ष रोटरीयन सुसनलाल प्रधानले विद्यार्थीहरुलाई शैक्षीक सामाग्री सहयोग गर्नु राम्रो काम भएको बताउनु भयो। महिला दिदी बहिनीहरुले निम्न वर्गको बालबालिकाको भविष्य उज्जवल बनाउने काम गरेको भन्दै शुभकामना दिनुभएको छ । कार्यक्रममा नारायणगढ लेडीज जेसीसकी निर्वतमान अध्यक्ष जेसी सकिला परियार ,कार्यकारीणी उपाध्यक्ष एलिना श्रेष्ठ, लगायतले विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम महासचिव जेसी लक्ष्मी केसीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा जेसीसका वोर्ड सदस्य एवं साधारण सदस्यहरु लगायतको सहभागिता रहेको थियो