राजनीति

संसद विघटन बिरुद्ध मेचीनगरका नागरिक सडक आन्दोलनमा

मेचीनगर, माघ १५ । संविधानको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापनाका लागि झापाको काँकरभिट्टाबाट नागरिक आन्दोलन सुरु भएको छ ।

‘संविधानको रक्षा र प्रतिनिधिसभा पुनस्थार्पनाको माग गर्दै बिहिवार झापाको काँकरभिट्टा नागरिकले प्रदर्शन गरेका छन् । नागरिक समाजले आयोजना गरेको विरोध प्रदर्शनमा स्वतः स्फूर्तरुपमा आम नागरिकहरु सहभागी थिए । विरोध सभामा विभिन्न पेशा र व्यवसायसँग आबद्ध नागरिकको बाक्लो उपस्थिति थियो ।

काँकरभिट्टाको हनुमान मन्दिर परिसरबाट सुुुरु भएको र्यालीले बजारको परिक्रममा गरी सोहि स्थानमा पुगेर कोण सभामा परिणत भएको थियो ।