झापा, माघ १८ । आज पनि झापा जिल्लासहित तराईका अधिकांश भागमा हुस्सुको प्रभाव रहेको छ । बाक्लो हुस्सु र चिसोका कारण तराईका जेष्ठ नागरिक तथा बालबालिकाहरु समस्यामा परेका छन् । त्यसै गरी दिर्घरोगी तथा अशक्तलाई पनि चिसो बढेसंगै समस्था भएको छ ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज दिउँसो प्रदेश न. १ को पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
तराईका भू–भागहरुमा बिहानीदेखि नै हुस्सु र कुहिरो लागि रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध छ ।

