राजनीति शिक्षा

अनेरास्ववियूद्वारा काँकरभिट्टा माविमा वृक्षारोपण

मेचीनगर, माघ २३ । अनेरास्ववियू काँकरभिट्टा क्याम्पसद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार बिहान एक कार्यक्रमका बिच काँकरभिट्टा मावि परिसरमा वृक्षारोपण गरेको हो । वृक्षारोपणमा विभिन्न प्रजातिका करिव ८० वटा विरुवा रोपेका थिए ।

वृक्षारोपणमा प्रमुख अतिथि डिल्लीराम घिमिरे, विशिष्ट अतिथि शंकर थापा, काँकरभिट्टा माविका प्रधानाध्यापक तुलसी प्रसाद निरौला, अनेरास्ववियू झापा जिल्ला कमिटि सदस्य हरि भट्टराई, अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसका संयोजक बिनम सरदार, अनेरास्ववियू पूर्व मेचीनगर अध्यक्ष चेतन पौडेल, अनेरास्ववियू काँकरभिट्टा माविका पूर्व सचिव बिश्वास दाहाल, अनेरास्ववियू काँकरभिट्टा माविका पूर्व सदस्य दिक्षा खड्का, अनेरास्ववियू काँकरभिट्टा माविका अध्यक्ष मिलन उप्रेती, सचिव सचिन तिम्सिना, सहसचिव रिचा अधिकारी, सदस्य प्रबिन कार्की, सनम मगर, सौजन अधिकारी, सुनिल मुर्मु, खगेन्द्र बस्नेत, शिक्षक भगीरथ भण्डारी, भगीरथ राई, दिपक रिजाल, चन्द्र बराललगायतको सहभागिता रहेको थियो ।