संघ \संस्था

दमक जेसीजद्धारा विद्यार्थीलाई पोशाक वितरण

बाहुण्डाँगी । सरस्वती पूजाको अवसर पारेर आज मंगलवार दमक जेसीजले दमक ४ धरधरेस्थित हिमालय वाल विकास केन्द्रमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

जेसीजले शैक्षिक कार्यक्रम अन्तर्गत त्यस बालविकास केन्द्रमा अध्ययन गरिआएका अति विपन्न परिवारका बालबालिकाहरुलाई पोशाक वितरण गरिएको अध्यक्ष सुयोग खरेलले बताए । जेसीजले विद्यालयमा आज एक कार्यक्रम गरि पोशाक हस्तान्तरण गरेको हो । जेसीजका महासचिव निरोज आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा संयोजक बिमला कट्टेलले कार्यक्रमको महत्व माथि प्रकाश पारेकी थिईन् ।


विद्यालय पोशाक हस्तान्तरण कार्यक्रममा दमक नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको प्रमुख आतिथ्यता तथा वडा सदस्य तिलक थापा रहेको थियो भने बाल विकास केन्द्र सञ्चालक समितिका अध्यक्ष शान्ता तामाङ,दमक नगर स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्री बराल, दमक जेसीजका बोर्ड तथा सदस्यहरु,पूर्व अध्यक्षहरु ,स्थानीय बासिन्दाहरुलगायतको समेत उपस्थिति रहेको थियो ।