काठमाडौं, चैत ४ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपा च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको दोस्रो लिगमा जर्मन क्लब बोरिुसिया मोन्चेनग्लाडबाचलाई घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गर्दा समग्रमा ४–० को नतिजाका साथ सिटी अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो लेगमा पनि सिटी २–० कै नतिजाले विजयी भएको थियो । सिटीले अन्तिम ८ को यात्रा तय गरेको यो लगातार चौथो सिजन हो । सिटीका लागि केभिन डी ब्रुइन र गुण्डोगानले एक एक गोल गरे ।
पहिलो लेगमा २–० को जितका साथ दोस्रो लेग सुरु गरेको सिटीका लागि डी ब्रुयेनले १२ औं मिनेटमा करिव २० यार्डबाट सानदार गोल गरी अग्रता दिलाएका थिए ।
त्यसको ६ मिनेटपछि फिल फोडेनको पासमा इलके गुन्डोगानले गोल गरी समग्रमा ४–० को अग्रता बनाए ।
त्यसपछि दुवैबाट गोल हुन सकेन ।

