मेचीनगर, चैत ४ । शिक्षकहरुका विभिन्न मागहरुसहित शिक्षक महासंघ मेचीनगरले मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार मेचीनगर नगरपालिकाको कार्यालयमा शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलको नेतृत्वमा पुगेको शिक्षकहरुको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो । नगरको शिक्षा ऐनको खारेज, शिक्षाको बजेट कम्तिमा १५ प्रतिशत हुनु पर्ने, विद्यालयमा कार्यारत बालविकास शिक्षक र कर्मचारीको सेवा Read More…
Day: March 17, 2021
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा, चैत ४ । हात्तीको आक्रमणबाट झापाकाे बुद्धशान्ति गाउँपालिका-२ मा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका घर भएका विजय खातीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिन्दुली बाँध नजिक आज विहान हात्तीले खाती र उनका साथीलाई आक्रमण गरेको थियो । हात र छातीमा चोट लागेका खातीको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको Read More…
नेपालमा कोरोनाविरुद्धको खोप अभियान स्थगित
काठमाडौं, चैत ४ । सरकारले कोरोनाविरुद्धको खोप अभाव भएपछि खोप अभियान हाललाई स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोभिड खोप आएपछि ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ १४ गतेबाट कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियान शुरु भएको हो Read More…
नेपाल–खनाल पक्षको भेला आज, सहभागी भए सांसदबाट हटाउने ओली पक्षको चेतावनी
काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी महासचिव ईश्वर पोखरेलले भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका छन् । महासचिव पोखरेलले पार्टीको Read More…
म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश
काठमाडौं, चैत ४ । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपा च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लिगमा जर्मन क्लब बोरिुसिया मोन्चेनग्लाडबाचलाई घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गर्दा समग्रमा ४–० को नतिजाका साथ सिटी अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगमा पनि सिटी २–० कै नतिजाले विजयी भएको थियो Read More…





