समाचार

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा, चैत ४ । हात्तीको आक्रमणबाट झापाकाे बुद्धशान्ति गाउँपालिका-२ मा एकजनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका घर भएका विजय खातीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बिन्दुली बाँध नजिक आज विहान हात्तीले खाती र उनका साथीलाई आक्रमण गरेको थियो । हात र छातीमा चोट लागेका खातीको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

विहान सवा सात बजेतिर हात्तीले आक्रण गर्दा खाती र अर्जुनधारा-१ का मिलन कार्कीडोली घाइते भएका थिए।