बाहुण्डाँगी । अर्जुनधारा जेसीजद्धारा गुठीका नाममा सञ्चालन भएको शिशु सदन स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शाखाका कार्यकारीणी उपाध्यक्ष प्रेमकुमार खड्काका दाई नवराज खड्काको स्मृतिमा रहेको अक्षयकोषको रकमबाट यहाँ अध्ययनरत १०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । विपनन परिवारका विद्यार्थीहरु अध्ययन गर्ने यस विद्यालयका विद्यार्थीहरुका लागि अध्ययनमा सहज होस भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको शाखाका अध्यक्ष भिमबहादुर कुवर राजुले बताउनु भयो ।

अध्यक्ष कुवँरको सभापतित्व तथा शाखाका पूर्व अध्यक्ष अजयकुमार देवको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष केशव थापा, शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव बरुणकुमार माझीले गर्नु भएको थियो ।

