संघ \संस्था

नालन्दाबाट नेपालका ११ जना दिक्षित


बाहुण्डाँगी । भारतको राजस्थानमा सम्पन्न National Academy of leadership and Administrations (नालन्दा) बाट नेपालको ११ जना दिक्षित भएका छन् । भारत जेसीजको आयोजना तथा जेसीआई कोटाको आतिथ्यतामा भएको ३ दिने तालिमबाट नेपालका तर्फबाट सहभागि नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, उपाध्यक्ष सिनेटर नेरशचन्द्र ओझा, उपाध्यक्ष मनोज शाह, चारआली जेसीजका पूर्व अध्यक्ष उत्तम पकुवाल, नेपालगंज जेसीजका अध्यक्ष चिरञ्जिवी शर्मा, माडी जेसीजका अध्यक्ष शोभाकर अधिकारी, बिरगञ्ज जेसीजका निवर्तमान अध्यक्ष रञ्जन रावत, धापसी जेसीजका अनिल महर्जन, तलसीपुरनगर जेसीजका सन्दिप भुषाल र जनकपुर जेसीजका यातोस शाह र काभ्रे जेसीजका रिकेश शैंजु दिक्षित भएका थिए ।

साथै सहभागि नेपाली प्रतिनिधिले उक्त तालिममा नेपालको पहिचान झल्कने गरी राष्टिय झण्डासहित आफ्नो प्रस्तुती देखाएका थिए भने मायाको चिनोको रुपमा नेपाली ढाका टोपी अन्य देशबाट सहभागि सबैलाई प्रदान गरिएको महासचिव कृष्ण सापकोटाले हाम्रो खबरपाटीलाई जानकारी दिनु भयो ।