राजनीति

नेपाल–खनाल पक्षको भेला आज, सहभागी भए सांसदबाट हटाउने ओली पक्षको चेतावनी

काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी महासचिव ईश्वर पोखरेलले भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका छन् ।

महासचिव पोखरेलले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै सो भेलालाई ‘गुटगत’ भेलाको संज्ञा दिएका छन् । विज्ञप्तिमा नेकपा एमालेको नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला रहेको भन्ने सूचनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आज राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । महासचिव पोखरलेले सो भेलामा सहभागी नहुन निर्देशन दिएका छन् । अन्यथा मुलुकको संविधान, पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

161717816_477878200052446_2069837684233515676_n.jpg