मेचीनगर, चैत १८ । काँकरभिट्टा खानेपानीको चुनावी सरगमी बढीरहेको छ । चैत २१ गतेहुने निर्वाचनका लागि तीन अध्यक्ष सहित विभिन्न प्यानल बनाएर उम्मेद्वारहरु अहिले मैदानमा उत्रिरहेका छन् ।
यसै क्रममा प्रगतीशिल–लोकतान्त्रीक प्यानलबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् मेचीनगर–६ का युवा समाजसेवी गोविन्द गिरी ।
यसअघि विभिन्न संघसंस्थाहरुमा रहेर कुसलता पूर्वक आफुले पाएका जिम्मेवारी निर्वाह गरिसकेका छन् । गिरीले यसअघि मेची यातायात संघ विर्तामोडको सहसचिव, दशनामी समाज झापा युवासंघको जिल्ला अध्यक्ष, लक्ष्मी टोलविकास संस्थाको सदस्य हुदैं कोषाध्यक्ष तथा हाल अध्यक्षको जिम्मेवारीमा रहेर सफल नेतृत्व गरिरहेका छन् ।
काँकरभिट्टा खानेपानीमा पनि आफ्नो उम्मेद्वारी दिएका छन् । उपाध्यक्ष पदका उम्मेद्वारी गिरी भन्छन् गरीब तथा बिपन्न परिवारलाई सर्भशुलभ रुपमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, खानेपानी संस्थामा रहेको बिकृती बिरुद्ध आवाज बुलन्द गर्ने बताए । साथै आफ्नो जित सुनिश्चि रहेको बताउने उनि प्रगतीशिल–लोकतान्त्रीक प्यानल नै बिजयी हुने बताए ।

