स्वास्थ्य

झापामा आज थपिए १६२ जना कोरोना संक्रमित

झापा, बैशाख २१ । झापामा मंंगलबार थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ७० महिलासहित १६२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ४ महिलासहित १३ जना, बिर्तामोडमा १८ महिलासहित ३८ जना, गौरादहमा ६ महिलासहित १२ जना, मेचीनगरमा ७ महिलासहित १७ जना, भद्रपुरमा १७ महिलासहित ३७ जना, कनकाईमा ३ महिलासहित ११ जना, हल्दीबारीमा ६ जना पुरुष, अर्जुनधारामा ४ महिलासहित ६ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्जमा १ जना पुरुष, कमलमा ६ महिलासहित ८ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, बाह्रदशीमा १ महिलासहित २ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै झापा शिवसताक्षी–८ का ७० वर्षीय पुरुषको बिर्तामोड स्थित वीएन्डसीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

झापामा संक्रमितको संख्या ५ हजार ४२२ पुगेको छ ।आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको भने कुल मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।