समाचार

प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ आज

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यरात हुनै लाग्दा ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत गरेन।

बहुमतको दाबी कसैले नगरेपछि ओलीलाई सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।