संघ \संस्था

गर्भवती–सुत्केरीको लागि जेसिआई व्यास नगरद्धारा निशुल्क एम्बुलेन्स सेवा



बाहुण्डाँगी, १६ जेठ । जेसिआई व्यास नगरले गर्भवती–सुत्केरीको लागि निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
कोभिड सङ्क्रमणको कारण गरिएको निषेधाज्ञाले र कोरोनाको सङ्क्रणका विरामी बढेकाले गर्भवतीले समयमा नै उपचार कठिन हुने अवस्था देखेर निशुल्क सेवा सुरुवात गरिएको जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

कोभिड सङ्कटको समयमा एम्बुलेन्स नपाएको गुनासो सुनिएकोले सञ्चालनमा ल्याईएको जेसिजले जनाएको छ । अध्यक्ष खनालका अनुसार नगर क्षेत्र तथा आसपासका गर्भवती–सुत्केरी अतिरिक्त अशक्त तथा दुर्घटनामा परेकाको उद्धारका लागि निःशुल्क यातायात सेवा शनिबारबाट दिन थालिएको छ । ‘‘समयमा नै उपचार नपाउँदा मृत्यु भइरहेको छ, सङ्क्रमण बढ्दो रहेको छ, अध्यक्ष खनालले भन्नुभयो, मान्छेको ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पु¥याउन सेवा थालेका हौं’’ ।


गर्भवती महिलाको उद्धार
सेवाको क्रममा जेसिजले आईतबार भानु नगरपालिका ६ डाडाथोक निबासी गर्भवती सुस्मिता अधिकारीको उद्धार गरेको छ । सवारी नपाएर छटपटाउनु भएकी अधिकारीले व्यास नगरपालिकाको ११ फराकचौर घाँसीकुवा हुँदै २ घन्टा पैदल हिडि दमौली अस्पताल आग्नु भएको थियो । तत्पश्चात आफुलाई गाह्रो भएको तर अप्रेसन नै गर्नपर्ने जानकारी पाए पछि अन्योलमा परि अनशन चौतारी आई बस्नु भएको थियो । आफ्नो आर्थिक अवस्था समेत कमजोरको कारण सवारी साधन रिजर्भ गर्न नसक्ने महिला अधिकारी व्यास नगर जेसिजको सम्पर्कमा आउनुभयो र व्यास नगर जेसिजको निशुल्क यातायातमा पोखरा गण्डकी अस्पताल पुग्नु भएको छ ।
शनिबार बाट नगरक्षेत्र भित्र तथा वरपर सञ्चालित (गर्भवती) सुत्केरी, अशक्त तथा दुर्घटना उद्वार० निशुल्क सेवा शुरु गरेको थियो । दुई दिनको अवधिमा ३ जनालाई निशुल्क सेवा प्रदान गरिएको उपाध्यक्ष पवन पौडेलले जानकारी दिनुभयो ।


केही जेसिजले व्यास नगरपालिका–३ अनसन चौतारीमा तीन लाख ५० हजार रुपियाँ खर्च गरेर दमौलीमा सार्वजानिक धारा समेत निर्माण गरेको छ । सदरमुकाम दमौलीमा सार्वजानिक धारा नहुँदा पैसा नभएका व्यक्तिले पानी खान नपाउने अवस्था भएकोले धारा निर्माण गरिएको जेसिसले जनाएको छ ।