राजनीति

माओवादी केन्द्र नगर कमिटीद्वारा बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, जेठ २४ । झापाको भद्रपुर स्थित नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारका लागि खाद्यान्न सामग्री वितरण गर्न खाद्य बैंक स्थापना गरेको छ । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिरहेको छ । अभियानको पहिलो दिन १५० परिवारले खाद्यान्न सामग्री वितरण Read More…

स्वास्थ्य

झापामा सोमबार थप २३५ जना संक्रमित थपिए

झापा, जेेठ २४ । झापामा पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ८ जना छन् । जसमा धरान–१९ की ५३ वर्षीया महिला, रोङतिङ–८ की ५३ वर्षीया महिला, उर्लाबारी–९ Read More…

संघ \संस्था

मेचीनगर कार्यालय : जेठ मसान्तसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

मेचीनगर, जेठ २४ । आगामी जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा तथा कार्य बाहेक नगरकार्यपालिका केन्द्र तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय भएको छ । नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी Read More…

स्वास्थ्य

कोरोना संक्रमितको छातीमा १२ इन्चको रड

झापा, जेठ २४ । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको छातीबाट १२ इन्चको रड निकालिएको छ । झापाका ३८ वर्षीय पुरुषको छातीमा १२ इन्च लामो उनिएको फलामको रड सफलता पूर्वक निकालिएको हो । छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पुर्याउने गरि छेडिएको रड शल्याक्रिया मार्फत Read More…

स्वास्थ्य

आम्दा मेची अस्पताल स्तरबृद्धिका लागि जनस्तरबाट सहयोग रकम जुट्दैं

झापा, जेठ २४ । दैनिक सयौंको संख्यामा बिरामीहरू उपचारका लागि आउने झापाको मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । पर्याप्त सुविधा अभावका कारण अस्पताल ओझेलमा परेको हो । यस अस्पताललाई स्तरबृद्धि गरी मेचीनगरको सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि Read More…

विविध

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, जेठ २४ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले Read More…

खेलकुद

आज नेपाल र जोर्डन भिड्दै

काठमाडौं, जेठ २४ । नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब Read More…

राजनीति

पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन अध्यक्ष ओली तयार (विज्ञप्ति सहित)

काठमाडौं, जेठ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन्। ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका नेताहरूसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने बताएका छन्। ओलीले पार्टी कमिटी र Read More…