मेचीनगर, जेठ २६ । मेचीनगरका १२ सय ८३ जनाले आज कोरोनाविरुद्धको चिनिया खोप भेरोसिल लगाएका छन् ।
मेचीनगरका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीका अनुसार खोप लगाउनेमा महिला ५४४ र पुरुष ७३९ जना रहेका छन् ।
सरकारले ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाउन सुरु गरेको हो ।
नगरको वडा नं. ८, ९ र १० मा तोकिएको उमेर समूहभन्दा कम उमेरका व्यक्तिले राजनीतिक पहुँचका आधारमा खोप लगाएको गुनासो सुनिएको छ ।

