समाचार

झापामा निषेधाज्ञा असार ३१ गतेसम्म थप

झापा, असार २१ । झापामा निषेधाज्ञा थप खुकुलो बनाउदै समय थपिएको छ । भर्खरै सम्पन्न डिसीसीएमसी झापाको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मलाई थपिएको छ ।

बजार साझ ५ बजेसम्म खोल्न दिने, निजी तथा सार्बजनिक यातायात जोरबिजोर गरि साझ ५ बजेसम्म चलाउन दिने निर्णय भएको छ ।

होटल ब्यवसाय समेत साझ ५ बजे सम्म सामाजिक दुरी कायम गरि संचालन गर्न दिने निर्णय भएको छ ।