विकास घिमिरे
कमल, साउन २० । पेशाले म एक पत्रकार साथै सकोस को कर्मचारी भएको नाता ले म लगायत मेरो विदेश जान लागेको साथी र अर्को सकोस कै कर्मचारी साथी मिलेर झापाको कमल गाउँपालिका स्वास्थ्य चौकिमा लगभग १०:३० बजे परिचय पत्र बोकेर कोरोनाको खाेप लगाउन भनेर हामी पुगिम l
निकै भीड भाड नै थियो । कोई टेबुलको ओरी परी खोप कार्ड बनाउन र कोई नाम दर्ता गर्न खोसा खोस् गरिरहेका थिए । यस्तो परिस्थितिमा सबैलाई कोभिडको खोप हान्नु छ । शिक्षक, सहकारी, बैंक, सवारी साधन चालक, बिदेशी पासपोर्ट बाहक सबै लाई एकै ठाउँमा केन्द्र तोकिएको रहेछ, स्वभाबिक नै थियोे धेरै जम्मा हुनु ।
तर अचम्म के देखियो भने लगभग मुस्किलले ७/८ फुट्को प्यासेज मा १ टेबुलमा ओरीपरी खोप कार्ड र नाम दर्ता गराउनेको भिड थियो। कोई तै छेउको रूख मुनि एकै ठाउँ बसिरहेका थिए तिहा न कुनै लाइन थियो न कै थियो । न त्यो खाेप कार्ड बनाउने टेबुलमा सुवास्थ बिभाग को कर्मचारी नै थिए l तियो टेबल मा परिचयपत्र लथालिङ्ग थियो जो आउँछ त्यसले चटपटे घोलेको जस्तो घोल्ने तीहा बसेर कार्ड बनाउने ले आफ्नो मान्छे को कार्ड बनाउने खाेप लाउने घर जाने जसको शक्ति उसको भक्ति भनेको जस्तो भाको थियो । बिहान देखी आएर पर्खेर बसेका हरू को परिचयपत्र कहाँ पुगो कै थिएन, कति को हरायो भन् ने नि सुन न मा आयो । डिस्टेन्सको त के कुरा सबै जना अगाडि बड्न बेला बेला सक्दो बलले ठेलाम ठेल गर्थे । ठ्याक्कै पहिले पहिले पब्लिक बसमा भिड हुदा जस्तो ।
१ घण्टा जति भिड मा बसेर परिचय पत्र लाइन मा राख्न सफल त भईयो तर अर्को आएर फेरि कहाँ कहाँ पुराइदिन्छ अतोपतो पाइएन धेरै बेर त्यो भिड मा बस्दा डर लाग्यो यतिका दिन घर मा सुरक्षीत बसेको के अर्थ भो ।। म निस्कन जाम त लाइनमा परिचय पत्र राखिएको छ निकाल्ने अवस्था थिएन । फेरि सोचियो , ‘अब लाइन मा परिचय पत्र हालियो खोप त हानेरै जाने हो ।।
यहि बिचमा सुवास्थ प्रमुख लाई के हो यस्तो न राम्राे व्यवस्थापन छ न कै छ । जसलाई जे मन लाग्यो तै भोलि खोप हान्ने भन्दै खोप कार्ड बनायो यता आयर लगायो गायो मन परी यस्तो हुन्छ भनेर सोध्दा वहाँले हामी ले गर्न खोज्दा हामी लाई दिनु भएन प्रशासन बोलाउनुहोस् भन्दा गाउँपालिकाले सुनेन १० चोटी कल गर्दा कल उठेन हामी ले के गर्न सक्छौं र पोइला ३,४ पल्ट भो यहाँ बाट खाेप हानेको अाइले सम मा यस्तो भाको थिएन भन् ने कुरा आयो l
यहि क्रम अरु ३ घन्टा रह्यो । ३ घन्टा पछि खोप बन्द गर्ने कुरा अयो लगभक हाम्राे २,३ जना पछि पलो आइसकेको थियो अब चाहिँ खोप लगाउन पाउने ठूलो आशा थियो ।। तर सूचना आयो । खोप नलगाउने व्यवस्थापन् राम्रो न भयर मन परी भयो भनेर वार्ड अध्यक्ष ले खोप रोक्ने आदेश दिनु भयो र खोप लागाउने कर्मचारी पनि आफ्नो छुटी समय भन्दा ३ घण्टा अगाडि नै निस्केर जानु भयो ।
केही समय हामी त्यही बसियो ।
केही मानिस हिडिसकेपछी फेरि जम्मा १४० खोप मा ११३ सकिसकेको थियो १५,२० खोप दोस्रो खोप लगाउन आउने ले लगाए भने र बाकी १७ थियो । हामी ले धेरै चोटी भनिम हामी लाई खोप लाइदिनु हाम्रो बेला ठीक्क आको छ लाइनमा परिचय पत्र छ नाम टिपी सकेको छ खोप कार्ड नि बनाई सकेको छ मात्र खोप लगाउन बाकी छ l खोप नि ठिक छ हाम्रो लागि । भनेर सुवास्थ प्रमुख र वार्ड अध्यक्ष लाई भन्दा न लागाउने ने नै कुरा भयो । हामी बिहान देखि घाम मा त्यो भिड मा बसेर खोप भई भई खोप न लगाई घर आउने मन भयन हामी खोप कार्ड बनाई सकेको हरू गाउँपालिका जाने निर्णय गरिम र गाउँपालिका गायर गाउँपालिका को सुवास्थ प्रमुख संग कुरा गरी गाउँपालिका कै एक कर्मचरीलाई हामी ले आफै लेर आयर खोप लगाईयो ।
कोरोनाको खोप लगाउन पाइएन भनेर गुनासो हैन ।
दिन भर त्यो भिडमा पसिनै पसिना भएका मानिस एक अर्कामा ठेलम ठेल गरि बस्दा कसै लाई कोरोना भए सबै लाई सरेन होला र ??
खोप लगाउने आउने हरू को व्यवस्थापन गर्न न सक्नु कसको कमजोरी हो । खोप लगराएर कोराना भगाउन होइन कोरोना सार्न गए जस्तो भयो । देशको एक जिमेवार संस्था हरू ले गर्ने काम हैं हो । खोप लगाउन आउने बाट झन फैलियो भने र कसै जनता लाई कै भो भने यसको जिममेवार को हुन्छ ।

