झापा, साउन ३१ । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्विरोध चयन भएका छन् ।
जिल्ला खेलकुद विकास समिति झापाको हलमा आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सुब्बा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा दिपेन धिमाल, जंगबहादुर राजवंशी, ज्ञानेन्द्र खड्का, सञ्जय राई र सुरेन्द्र चौधरी निर्वाचित भएका छन् ।
निर्वाचन प्रक्रियाका लागि निर्वाचन अधिकृतका रुपमा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली तथा सदस्यहरुमा कराँते प्रशिक्षक सौरभ प्रधान र सोनु राजवंशी रहेका थिए ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य विजय न्यौपानेको प्रमुख आतिथ्य तथा प्रदेश नं. १ का सचिव गोपाल राईको विशेष आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा तेक्वान्दो सहायक प्रशिक्षक कर्ण दहाल, जितेन्द्र मेचे, हरि भुजेल सहित शिक्षासेवी गुणानन्द थापा, जेम्स सुब्बा लगायले शुभकामना मन्तव्य राखेका थिए ।

