खेलकुद

अध्यक्षमा सुब्बा निर्विरोध चयन

झापा, साउन ३१ । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको अध्यक्षमा बाबुलाल सुब्बा निर्विरोध चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति झापाको हलमा आइतबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सुब्बा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा कुमार भट्टराई, सचिवमा योगेन्द्र रिजाल, कोषाध्यक्षमा पुनम सुब्बा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा Read More…

संघ \संस्था

कनकाई साप्ताहिक सातौ बर्षमा प्रवेश

झापा, साउन ३१ । झापाको कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ बर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ख बर्गमा समेत बर्गिकृत हुदै आएको साप्ताहिक पत्रिका हो । कनकाई अनलाईन न्युज पोर्टल समेत नियमित प्रकाशन हुदै आएको यस साप्ताहिक तथा Read More…

विविध

झापामा एक पुरूषको शव सडेको अवस्थामा धानबारीमा फेला

झापा, साउन ३१ । कमल गाउँपालिका–२ क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ। स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिनअगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ। शव Read More…

खेलकुद

पीएसजीको सानदार जित

काठमाडौं, साउन ३१ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो । यसअघिको खेलमा पीएसजीले ट्रोएसमाथि २–१ को जित निकालेको थियो । घरेलु मैदान पीएसजीलाई सानदार जित दिलाउनको लागि माउरो इकार्डी, केलियन एमबाप्पे, Read More…

खेलकुद

लिभरपुलको सहज जित

काठमाडौं, साउन ३१ । नयाँ सिजनको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित निकाल्दै सुखद सुरुआत गरेको छ । शनिबार राति लिभरपुलले नर्विच सिटीलाई उसैको मैदानमा ३–० गोलले हराएको हो । लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टो फिर्मिनो र मोहम्मद सालाहले एक–एक गोल गरे । खेलको २६औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई पहिलो हाफभरि १–० गोलको अग्रता Read More…

स्वास्थ्य

हाच्छ्युँ किन आउँछ; जान्नुहोस् यस्ता छन् कारणहरु

काठमाडौं, साउन ३१ । हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो । यसलाई राम्रो र नराम्रो संकेतका रूपमा हेर्ने गरिन्छ । गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर कोहीकोही रोक्न खोज्छन् । तर यसो गर्नु गलत हो । हाच्छ्युँ रोक्दा शरीरलाई नोक्सानी हुन्छ । रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । Read More…