नरेन इलामेली
इलाम, भदौ १ । इलाममा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३३ पुरुष र २८ महिलामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
कार्यालयका अनुसार संक्रमित मध्ये इलाम नगरपालिकाका १७, सूर्योदय नगरपालिकाका १२, देउमाई नगरपालिकाका ७, माई नगरपालिकाका १५, सन्दकपुर गाउँपालिकाका १, फाकफोकथुम गाउ गाउँपालिकाका ४ र माङसेबुङ गाउँपालिकाका ५ जना रहेका छन् ।
संक्रमितको संख्या चार हजार पाँच सय नाघ्यो
मंगलबार ६१ जनामा संक्रमण पुष्टी भएसँगै जिल्लामा हाल सम्म् संक्रमित हुनेको संख्या चार हजार पाँच सय नाघेको छ । जिल्लामा हाल सम्म चार हजार पाँच सय ११ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । जसमध्ये इलाम नगरपालिकामा एक हजार पाँच सय ११ जना, सूर्योदय नगरपलिकामा आठ सय ५१ जना, देउमाई नगरपालिकामा दुई सय ८२ जना, माइ नगरपालिकामा चार सय ४२ जना, माइजोगमाई गाउँपालिकामा दुई सय ६१ जना, रोङ गाउँपालिकामा ४ सय ५२ जना, चुलाचुली गाउँपालिकामा ९८ जना, सन्दकपुर गाउँपालिकामा, एक सय ७९ जना, फाकफोकथुम गाउँपलिकामा एक सय ५१ जना र माङसेबुङ गाउँपालिकामा दुई सय ८४ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ। संक्रमित मध्ये दुई हजार चार सय ६४ जना पुरुष रहेका छन् भने दुई हजार ७४ जना महिला रहेका छन् ।
युवा उमेर समुहका धेरै संक्रमित
जिल्लामा कोरोना संक्रमितको तथ्याङ्क हेर्दा युवा उमेर समुहका धेरै संक्रमित भएको पाइन्छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १ देखि १८ बर्य उमेर समुहका छ सय ३८ जना, १९ देखि ४० बर्ष उमेर समुहका दुई हजार दुई सय ८४ जना, ४१ देखि ६० बर्ष उमेर समुहका एक हजार एक सय ७८ जना, ६१ देखि ८० बर्ष उमेर समुहका तीन सय ७२ जा र ८१ बर्ष माथिका ३९ जना संक्रमित भएको पाइन्छ ।
तीन हजार पाँच सय बढी संक्रमणमुक्त
इलाममा हाल सम्म कोरोनाको संक्रमणमुक्त हुनेको संख्या तीन हजार पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या तीन हजार पाँच सय १२ पुगेको छ । संक्रमण मुक्त हुनेहरुमा इलाम नगरपालिकाका एक हजार एक सय ८९ जना, सूर्योदय नगरपलिकाका छ सय ८७ जना, देउमाई नगरपालिकाका दुई सय १८ जना, माइ नगरपालिकाका दुई सय ९४ जना, माइजोगमाई गाउँपालिकाका दुई सय २१ जना, रोङ गाउँपालिकाका ३ सय ६७ जना, चुलाचुली गाउँपालिकाका ८४ जना, सन्दकपुर गाउँपालिकाका ९६ जना, फाकफोकथुम गाउँपलिकाका एक सय १२ जना र माङसेबुङ गाउँपालिकाका दुई सय ४४ रहेका छन् ।
हाल सम्म ९५ जनाको मृत्यु
जिल्लामा हाल सम्म कोरोनाका कारण ९५ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण जिल्लाको इलाम नगरपालिकामा २९ जना, सूर्योदय नगरपालिकामा २७ जना, देउमाई नगरपालिकामा ४ जना, माइ नगरपलिकामा ६ जना, माइजोगमाई गाउँपालिकामा ५ जना, रोङ गाउँपालिकामा ५ जना, चुलाचुली गाउँपालिकामा १२ जना, सन्दकपुर गाउँपालिकामा एक जना र माङसेबुङ गाउँपालिकामा ६ जनाले ज्याा गुमाएका छन् । ज्यान गुमाउनेहरु मध्ये ६० जनाको जिल्ला भित्रै मृत्यु भएको हो भने ३५ जनाले जिल्ला बाहिर ज्या गुमाएका हुन ् ।
नौसय बढी उपचारत
हाल जिल्ला भरका नौ सय बढी संक्रमित उपचाररत रहेका छन् । संक्रमित मध्ये आठ सय ८५ जना होम आइसोलेशनमा रहेका छन भने नौ जना समान्य उपचाररत छन् । त्यस्तै दश जनाको सघन उपचार कक्ष (आईसीयु) मा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

